म्यानचेष्टर: भारतीय कप्तान शुभमन गिलले अनुभवी अलराउण्डर रविन्द्र जडेजाको चौथो टेस्ट म्याचको पाँचौं तथा अन्तिम दिन अनिवार्य ओभरहरू अघि नै म्याच ड्र गर्ने ईंग्ल्याण्डका कप्तान बेन स्टोक्सको प्रस्तावलाई अस्वीकार गर्ने फसेलाको समर्थन गरेका छन्। स्टोक्स अनिवार्य ओभरहरू पूरा हुन अघि नै टेस्ट म्याच ड्र गर्न चाहन्थे तर जडेजाले त्यसमा राजी भएनन्। जडेजा र वाशिंगटन सुन्दरबीच भएको पार्टनरशीपले नै भारत म्याच ड्र गर्न सफल भएको थियो। भारतलाई रोक्ने हरेक योजना फ्लप भएको देखेर स्टोक्सले अन्तिम घण्टाको खेल शुरु हुन अघि भारतीय ब्याटरहरूलाई ड्र-को प्रस्ताव दिएका थिए। त्यस समय दुवै ब्याटर शतकको नजिक पुगिसकेका थिए। यसैकारण उनीहरूले स्टोक्सको प्रस्तावलाई अस्वीकार गरी ब्याटिंग जारी राख्ने फसेला गरे। गिलले भने, यो फसेला क्रीजमा रहने ब्याटरहरूमाथि निर्भर थियो अनि दुवै ९०-को स्कोरमा खेलिरहेका थिए। उनीहरू शतकको हकदार थिए। मुख्य प्रशिक्षक गौतम गम्भीरले पनि जडेजा र सुन्दरको फसेलाको समर्थन गरेका छन्। गम्भीरले भने, एकजना ब्याटर ९० रन अनि दोस्रो ८५ रन बनाएर खेलिरहेका छन् भने के उनीहरू आफ्नो शतक पूरा गर्ने हकदार हुँदैनन्? ईंग्ल्याण्डकै कुनै खेलाड़ी यस प्रकारको उपलब्धिको नजिक रहेको भए के ईंग्ल्याण्डको टीमले म्याच ड्र गर्ने फसेला लिने थियो? उनीहरूले त्यस शतकलाई अर्जित गरेका हुन्। भारत र ईंग्ल्याण्डबीच सीरीजको पाँचौं तथा अन्तिम टेस्ट म्याच ३१ जुलाईदेखि लण्डनको द ओवलमा शुरु हुनेछ।