जीटीए सभामा पारित गोर्खाल्याण्डको प्रस्ताव सबै निर्वाचित र मनोनित सभासदहरूले हस्ताक्षर गरी प्रधानमन्त्री, गृहमन्त्री र मुख्यमन्त्रीलाई पठाएको हुनुपर्छ: बिनय तामाङ

IMG-20220919-WA0184.jpg

दार्जिलिङ: सभासद बिनय तामाङले पत्रकारहरूलाई सम्बोधन गर्दै जीटीए सभाले पारित गरेको गोर्खाल्याण्डको प्रस्ताव प्रधानमंत्री नरेन्द्र मोदीलाई पठाएको हुनपर्छ भनी बताएका छन्। आज सम्पन्न जीटीए सभामा जीटीएको सत्ता दल भागोप्रमोले गोर्खाल्याण्डको सभामा पेश गरेपछि ध्वनी मतले पारित भएको तृणमूल कंग्रेसको सभासद बिनय तामाङले पत्रकारहरूसित कुराकानी गर्दै बताएका छन्।जीटीए सभापछि पत्रकारहरूलाई सम्बोधन गर्दै तृणमूल कंग्रेसको सभासद विनय तामाङले भने, गोर्खाल्याण्ड समस्त गोर्खा जातिको मुटुको ढुकटुकी हो।भागोप्रमो अध्यक्ष अनित थापाले प्रत्येक सभा एंव मिडिया रिपोर्टमा जीटीए सभामा गोर्खाल्याण्डको प्रस्ताव पारित गर्ने कुराहरू बताउँदै आई रहेको छ अनि हामी यसको स्वागत पनि जनाउँछौ तर गोर्खाल्याण्डको प्रस्ताव जीटीए सभामा मात्र पारित गरेर हुँदैन। पारित गरिएको प्रस्ताव प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, केन्द्रमा अहिले भाजपा गठबन्धनको सरकार भएको हुनाले भाजपा राष्ट्रीय अध्यक्ष जेपी नड्डालाई पनि पठाएको हुनपर्छ भनी बताएका छन्। उनले यसको साथै गोर्खाल्याण्ड बंगाल विभाजन गरेर गठन गरिने भएको हुनाले पारित गरिएको प्रस्ताव राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पनि पठाएको हुनपर्छ भन्ने मांग आफूले जीटीए चेयरम्यानमार्फत् जीटीए चिफ् अनित थापा समक्ष राखेको तामाङले बताएका छन्।तर आफ्नो प्रश्नको सही जवाफ नदिएको तृणमूल कंग्रेसको सभासद तामाङले आरोप लगाएका छन्। यदि साँचो मनले गोर्खाल्याण्डको प्रस्ताव पारित गरेको हो भने जीटीएको निर्वाचित ४४ जना सभासदहरू लगायत सरकारद्वारा मनोनित गरिएको पाँचजना सभासदहरूको हस्ताक्षर गरेर प्रधानमंत्री नरेन्द्र मोदी,गृहमंत्री अमित शाह,भाजपा अध्यक्ष जेपी नडडा साथै राज्यकी मुख्यमंत्री ममता ब्यानर्जी समक्ष पठाएको हुनपर्छ नत्र यसलाई जनताको आँखा छल्ने प्रयास मात्र रहेको बुझिनेछ तामाङले भने। जीटीए सभामा जीटीए चिफ अनित थापाले कोरोनाकालमा चिया श्रमिकहरूको हितार्थमा संग्रह गरिएको जीटीए चेयरम्यान रिलिफ फण्डमा संग्रह भएको धन राशिले श्रमिक भवनको निर्माण गरिने प्रस्ताव पेश गरेको थियो तर अहिलेसम्म अर्थ संग्रह गरेर श्रमिक भवनको निर्माण गरिएको कतै छैन भन्ने बताउँदै श्रमिक भवन सरकारको पक्षबाट निर्माण गरिएको हुनपर्छ भन्ने सभासद तामाङले भनेका छन्।

About Author

Advertisement