खरसाङ गोर्खे हाट सञ्चालन समितिद्वारा शहीद दिवस पालन

IMG-20250728-WA0133

खरसाङ: खरसाङ गोर्खे हाट सञ्चालन समितिद्वारा गोर्खे हाट परिसरमा हिजो आईतबार शहीद दिवसको अवसरमा जाति र माटोको लागि बलिदान दिएका शहीदहरूलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेको जानकारी प्राप्त भएको छ। गोर्खे हाट सञ्चालन समितिद्वारा आयोजित संक्षिप्त कार्यक्रममा उपस्थित सदस्यहरूले मौन धारण गर्दै शहीदहरूप्रति सम्मान, नमन र श्रध्दाञ्जली अर्पण गरेका थिए। समितिले देश, जाति र क्षेत्रको रक्षा एवं अधिकारको लागि ज्यान आहुति दिने वीर शहीदहरूको योगदान कहिल्यै नबिर्सने प्रतिबद्धता व्यक्त गरेको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ गोर्खे हाट सञ्चालन समितिको संस्थापक सचिव महेश छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement