अजय एडवर्ड्सद्वारा ऐतिहासिक भिक्टोरिया फल्स पुलको जीर्णावस्थाप्रति जीटीएलाई ध्यानाकर्षण

IMG-20250728-WA0130

दार्जिलिङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टका प्रमुख संयोजक अजय एडवर्ड्सले १९१२ मा निर्मित ऐतिहासिक भिक्टोरिया फल्स पुलको जीर्णावस्थाप्रति ध्यानाकर्षण गराएका छन् जुन पुल अहिले भत्किने अवस्थामा पुगेको छ। २०१५ मा जीटीएले गरेका वाचाहरू र अधिकारीहरूलाई बारम्बार अपील गरे तापनि कुनै कार्वाही गरिएको छैन भनी अजय एडवर्ड्सले उल्लेख गरेका छन्। यस विषयमा उनले गहिरो निराशा व्यक्त गर्दै श्रमदान र सामूहिक प्रयासमार्फत पुल पुन:स्थापना गर्न समुदाय-सञ्चालित पहलको नेतृत्व गर्ने वाचा गरेका छन्। उनले पुनर्स्थापना योजनालाई दार्जिलिङको लागि आशा र लचिलोपनको प्रतीकको रूपमा रहेको बताएका छन्। यस पहलमा पुलको छेउमा रहेको मन्दिरलाई सुन्दर बनाउने पनि समावेश हुनेछ जसमा दार्जीलिङ अनि दार्जीलिङवासीले टुटेको प्रणालीमा भर पर्न छोड्नुपर्छ र एकता र विश्वासबाट माथि उठ्नुपर्छ भन्ने सन्देश दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement