खरसाङ: खरसाङ बस टर्मिनल छेउमा गोर्खा भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनकाे निम्ति जीटीए प्रमुख अनित थापाद्वारा भूतपूर्व सैनिकहरु जसले देशकाे लागि दिएको योगदानलाई कदर गर्दै उनीहरुलाई कार्यालयकाे लागि सार्वजनिक भवन बनाई दिने भएको छ। यसै क्रममा विशेष २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिकाे सभासद श्याम शेर्पाको उपस्थितिमा विधिवत् रुपमा पूजापाठ गरेर शिलान्यास गरिएको छ। यस शिलान्यास कार्यक्रममा जल पहाड सैनिक कार्यालयबाट कर्णल अमित आश्रय पनि उपस्थित रहेका थिए भने खरसाङ नगरपालिकाको उपाध्यक्ष सुवास प्रधान, पञ्चायत समिति सदस्य दिनेश लामा साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रतिनिधिहरु खरसाङ महकुमा युवा शक्ति अध्यक्ष प्रेमेन्द्र गुरुङ, केन्द्रीय सदस्य समीरदिप ब्लोन, कार्यकारी सदस्य प्रेम बम्जन, समष्टि नारी शक्ति अध्यक्षा सुष्मा मुखिया, महकुमा नारी शक्ति अध्यक्षा सविता कार्की, टाउन नारी शक्ति, प्यारेण्ट बडीका पदाधिकारीगणहरु उपस्थित रहेका थिए। कार्यक्रममा गोर्खा भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनका पदधिकारीगणहरु र सदस्यहरु पनि उपस्थित रहेका थिए।