राजगञ्ज: एकजना व्यक्ति फुलबारी महानन्दा ब्यारेजमा डुबेर निखोज भएको छ। विश्वकर्मा पुजाको विसर्जनको क्रममा उनी ब्यारेजमा डुबेका हुन्।खबर लेखुन्जेलसम्म पनि तिनको कुनै पत्तो लागेको छैन। निखोज व्यक्ति सिलगढीको १८ नम्बर वार्डको बाग्राकोर्ट निवासी चुनचुन सहानीको रूपमा चिन्हित गरिएको छ। आज बिहानैदेखि डिजास्टर म्यानेजमेन्ट ग्रुपले उक्त व्यक्तिको खोजी शुरू गरेको छ भने फाँसीदेवा पुलिस पनि घटनास्थलमा तैनाथ रहेको छ। स्मरण रहोस्, हिजो साँझ सिलगढीबाट एउटा दल फुलबारी महानन्दा ब्यारेजमा विश्वकर्मा भगवानको प्रतिमा विसर्जन गर्न गएको थियो। विसर्जनपछि तिनीहरूले त्यहाँ वनभोज खेलिरहेको समय नदीमा नुहाउन जाँदा चुनचुन साहनी नदीमा डुबेर निखोज भएका थिए। घटनाको एक दिन बितिसक्दा पनि उक्त व्यक्तिको हालसम्म कुनै पत्तो नलागेको बताइएको छ।