काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका छन् – राजनीतिमा कहिले जेल जानुपर्छ भन्न सकिँदैन। आइतबार बालुवाटारमा बीपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै ओलीले राजनीतिमा कहिले जेल जानुपर्छ भन्न सकिँदैन भने। उनले पूर्वाग्रह र बदलाको भावनाले मानिसहरूलाई जेलमा हालिएको पनि बताए।
उनले दरबार हत्याकाण्ड प्रकरणपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन सम्हालेपछि पार्टीमा प्रतिबन्ध नभए पनि नेताहरूलाई जेलमा हालेको स्मरण गराए। उनले ज्ञानेन्द्र शाहले नेताहरूलाई घर र जेलमा थुनेको पनि बताए।