सिलगढी: रातीको अँध्यारोको फाइदा उठाएर केही बदमासहरुले स्थानीय मानिसहरूलाई धारिलो हतियारले हमला गरेको घटना प्रकाशमा आएको छ।यस घटनामा केही मानिसहरू घाइते पनि भएका छन्। यस घटना गत राति सिलगढीको शान्तिनगर इलाकामा घटेको हो। घटनापछि इलाका निवासी आतङ्कित बनेका छन्। स्थानीय सूत्रले दिएको जानकारी अनुसार गत राति लगभग १२ बजी शान्तिनगर इलाकामा केही मानिसहरू मातेको अवस्थामा एउटा घरअघि आएर अभद्र भाषामा हल्ला गर्न थालेपछि स्थानीय मानिसहरूले यसको प्रतिवाद गरे ।तर २०-२५ जनाको बदमासहरुको समूहले धारिलो हतियार लिएर आएपछि स्थानीय मानिसहरूमाथि हमला गरेको बताइएको छ। यसको साथै तिनीहरूले इलाकाका महिलाहरूमाथि पनि हमला गरेको साथै केही महिलाहरूको सुनको चेन लुटेर लगे। घटनापछि स्थानीय मानिसहरूले आशीघर आउटपोस्टमा ती बदमाशहरूविरुद्ध लिखित अभियोग दर्ता गरे तापनि हालसम्म कसैलाई पक्राउ गरिएको छैन।