सिलगढी: अल इन्डिया नमः शुद्र विकास परिषद् आज बंगाल विभाजनको विरोधमा सडकमा ओर्लिएको छ।सिलगढीको एयरभ्यू मोडबाट एउटा प्रतिवाद रयाली निकालेर शहरको विभिन्न पथहरूको परिक्रमा गर्दै बंगाल विभाजनको विरोध जनाए। उक्त रयालीको नेतृत्व नमः शूद्र विकास परिषदका अखिल भारतीय अध्यक्ष मुकुल बैराग्यले गरेका थिए। आजको रयालीमा ८ वटा राज्य एवम् पश्चिम बंगालको विभिन्न जिल्लाका प्रतिनिधिहरूले अंश ग्रहण गरेका थिए।