दार्जिलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सभाले जे गर्नु सक्छ त्यो आज हामीले गर्यौ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको चुनावी घोषणा पत्रमा उल्लेख गरिएको गोर्खाल्याण्डको मुद्दाको डायलगलाई पुनः खोलिनुपर्छ भन्ने घोषणालाई आज म स्वयंले जीटीए सभाको पहिलो सभामा प्रस्ताव राखे र यस कुरालाई सबै सभासदहरुले सर्वसम्मतिको साथ यो प्रस्तावलाई ग्रहण गरे भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले अाज बताएका छन्। उनले भने, ११ पल्ट गोर्खाल्याण्डको डायलग चलेर पनि बन्द भएको हो र अब गोर्खाल्याण्डको वार्तालाई पुनः खोल्नुपर्छ। आजको सभा गोर्खा जातिको भाग्य खोल्ने सभा हो। आधिकारिक रूपमा विगत दिनहरुमा कुनै पनि निर्वाचित गोर्खा प्रतिनिधिहरूले गोर्खाल्याण्डको आवाज यसरी उठाएका थिएनन्। आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नेतृत्व रहेको जीटीए सभामा गोर्खाल्याण्डको मांगको आवाज उठ्यो। यो आवाज कुनै चुनावी भाषण होइन। यो सदनको रेकर्डमा रहने ऐतिहासिक स्टेटमेन्ट हो। आज इतिहासको नयाँ कोसे ढुङ्गा स्थापना भएको छ। जीटीए चिफ् एक्जीक्युटिभ अनित थापाले अघि भने- ‘गोर्खाल्याण्ड राजनीतिको विषय होइन, गोर्खा जातिको भविष्यमा राजनीति गर्नु नै ठीक होइन, गोर्खाको अस्तित्वको प्रश्न हो यो र यही अस्तित्वलाई बचाउनु मेरो पार्टीले वचन दिए अनुसार मेरो नेतृत्वको व्यवस्थाको शक्ति अनि क्षमताको सीमितता अनुसार आज मैले पुनः गोर्खाल्याण्डको मुद्दाको आधिकारिक दैलो खोलेको छु। केन्द्र अनि राज्य सरकारले हाम्रो आवाज अवश्य सुन्नेछन्। आज म सञ्चोसंग सुत्नेछु। एउटा विश्वास राखेको छु कि गोर्खाल्याण्डको मुद्दाले सही दिशा पक्रनेछ। यो राजनीतिभन्दा माथिको मुद्दा रहनेछ।’