कारगिल विजय दिवसमा वीर नायकहरूलाई राज्यपालले गरेश्रद्धाञ्जली अर्पण

n6742216311753554537818161ed6f21b4fbd81615230025a61dc63b54e0cd06dd29063488236c1d477bf44

गान्तोक: आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले कारगिल विजय दिवसको अवसरमा बरदाङस्थित प्ररेणा स्थलकाे भ्रमण गरे। उनले कारगिल युद्धका वीर नायकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको असाधारण बहादुरी र देशभक्तिलाई सलाम गरे, जसले भारतका हरेक नागरिकलाई प्रेरणा दिइरहेको छ।
प्ररेणा स्थलको स्थापना राजभवन सिक्किमले अक्टोबर २०२३ को विनाशकारी बाढीको चपेटमा परेर शहीद बनेका बहादुर जवानहरूको स्मृतिमा गरेको हो। राज्यपालले स्मारकमा पुष्पगुच्छा अर्पण एवं प्रार्थना गरे र शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे।
राज्यपालले उनीहरूको सम्मानमा एक क्षण मौनधारण गरे र देशको रक्षा गर्ने उनीहरूको अदम्य भावना र समर्पणको सम्झाना गरे भनी राजभवनले विज्ञप्तिमा बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement