भाजपा-सिक्किमद्वारा कारगिल विजय दिवस पालन

IMG-20250726-WA0157

गान्तोक: सिक्किम प्रदेश भारतीय जनता पार्टीले आज राजधानीमा कारगिल विजय दिवस पालन गऱ्यो। १९९९ को कारगिल युद्धमा भारतीय सेनाको अपार विजयको सम्झना गर्दै गान्तोकस्थित कार्यालयमा विजय दिवस पालन गरेको हो। पार्टीका प्रदेश उपाध्यक्ष दिनेशचन्द्र नेपालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका शीर्ष कार्यकर्ताहरुको बाक्लो सहभागिता थियो। पार्टीका जिल्ला अध्यक्ष पेम्पा दोर्जी लेप्चाले भारतीय सेनाको वीरता र समर्पणको सराहना गर्दै यस दिनको महत्त्वबारे प्रकास पारे। पार्टीका मिडिया प्रभारी निरेन भण्डारीले कारगिल युद्ध विजयको सफलताबारे प्रकास पार्दै मोदी सरकारको नेतृत्वमा भारतले रक्षा क्षेत्रमा उल्लेखनीय परिवर्तनकारी प्रगतिमा गरेको जानकारी गराए।

भण्डारीले भारत सरकारद्वारा जनहितमा सञ्चालित विभिन्न परियोजनाहरुबारे पनि विस्तृत रुपमा जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement