ब्राउन सुगरसितै युवक पक्राउ

IMG-20250726-WA0153

गान्तोक: सदर पुलिसले हिजो राति एमजी मार्गको एक होटलबाट ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। पक्रापर्ने आरोपी पश्चिम बंगालको डुवर्सस्थित बाग्राकोट निवारसी रोहित चौधरीकोरूपमा चिन्हित गरेको छ। आरोपीबाट ३१ ग्राम ब्राउन सुगर फेला पारेको छ। आरोपीविरूद्ध एनडीपीएस एक्ट १९८५ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ। पुलिसले थप जानकारी गराएअनुसार आरोपी युवक पर्यटककोरूपमा गान्तोक आएका थिए। विश्वासनीय सूत्रले पुलिसलाई उक्त व्यक्ति नशालु पदार्थको धन्दामा संलग्न रहेको सूचित गरेपछि पुलिसले उक्त होटलमा छापा मार्नेक्रममा ब्राउन सुगर फेला पारेको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement