मनजीत इलेवेन क्वार्टर फाइनलमा पुग्न सफल

IMG-20250726-WA0146

सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको तत्त्वावधानमा इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्ट शनिवारदेखि शुरु भयो। सालुगढ़ा खेल मैदानमा आज भएको उद्घाटन म्याचमा मनजीत इलेवेनले तरानजुबारी एफसीविरुद्ध १–०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट म्याचको एकमात्र गोल रोनिक राईले ६२औं मिनटमा दर्ता गरे। रोनिक राईलाई प्लेयर अफ् द म्याच चयन गरियो। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः १० र १२ अगस्तमा हुनेछ। यसरी नै फाइनल १५ अगस्तमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement