यूएई-मा हुने एशिया कपको आयोजन

IMG-20250726-WA0148

नयाँ दिल्ली: पुरुषहरूका एशिया कप टी२० क्रिकेट टुर्नामेण्टको आयोजन ९ देखि २८ सेप्टेम्बरसम्म संयुक्त अरब अमारीत (यूएई) मा हुनेछ। आयोजक एशियाई क्रिकेट परिषद (एसीसी) – का अध्यक्ष मोहसिन नकवीले एक्स-मा औपचारिक घोषणा गर्दै भनेका छन्, मलाई यूएई-मा एसीसी पुरुष एशिया कप २०२५-को तारिखहरूको घोषणा गर्दै खुशी लागिरहेको छ। यो प्रतिष्ठित टुर्नामेण्ट ९-देखि २८ सेप्टेम्बरसम्म चल्नेछ। यसको विस्तृत कार्यक्रम चाँडै जारी गरिनेछ। बंग्लादेशको राजधानी ढाकामा २४ जुलाईमा भएको बैठकमा आयोजन स्थलको फसेला गरियो। बैठकमा सबै २५ सदस्य देशहरूले हिस्सा लिएको थियो। भारतले चाहिँ यस बैठकमा भर्चुअली हिस्सा लिएको थियो। बैठकलाई लिएर निक्कै विवाद भएको थियो। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई) ले पनि पछिबाट आफ्नो कुनै अधिकारीलाई बैठकको निम्ति ढाका नपठाउने घोषणा गरेको थियो। एशिया कपको आयोजन पहिलोपल्ट १९८४-मा भएको थियो। गत १६ वटा संस्करणमा केवल ३ वटा टीम च्याम्पियन बनेको छ। साल १९८४-देखि २०१४-सम्म १२ पल्ट यस टुर्नामेण्टको आयोजन वनडे प्रारूपमा भएको थियो। भारतले सर्वाधिक ८ पल्ट एशिया कपको खिताब जितेको छ। यसबाहेक श्रीलंका ६ पल्ट च्याम्पियन भएको छ। यसरी पाकिस्तानले दुईपल्ट ट्रफी जितेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement