वाशिंगटन: एम्मा राडुकानुले आफ्नो विजयाभियान जारी राख्दै मारिया सकारीलाई ६–४, ७–५-ले पराजित गरी डीसी ओपन टेनिस टुर्नामेण्टमा महिला एकलको सेमिफाइनलमा प्रवेश गरिन्। ब्रिटेनकी यस खेलाड़ीले २०२१-मा यूएस ओपनको खिताब जितेपछि पहिलोपल्ट कुनै ठूलो टुर्नामेण्टको अन्तिम ४-मा स्थान बनाएकी छन्। राडुकानुले दोस्रो सेटमा २–५-ले पछाड़िएपछि म्याचको अन्तिम ५ गेम जितेर सेमिफाइनलमा प्रवेश गरिन्, जहाँ उनको भिड़न्त अन्ना कालिंस्कायासँग हुनेछ, जसले क्लारा टसनलाई ६–३, ७–५-ले पराजित गरिन्। महिला वर्गमा २०२१-को यूएस ओपन उपविजेता लेयला फर्नाण्डीजले पनि क्वालीफायर टेलर टाउनसेण्डलाई ६–४, ७–६ (४)-ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरिन्। सेमिफाइनलमा फर्नाण्डीजको भिड़न्त २०२२-की विम्बल्डन च्याम्पियन एलेना रायबाकिनासँग हुनेछ, जसले मेग्डानेला फ्रेचलाई सीधा सेटमा ६–३, ६–३-ले पराजित गरिन्। मेग्डानेलालले यसअघि बिहीवार भीनस विलियम्सलाई पराजित गरेकी थिइन्। पुरुष एकल वर्गमा अमेरिकाका बेन शेल्टनले लगातार दोस्रो साल डीसी ओपनको सेमिफाइनलमा स्थान बनाए। उनले क्वार्टर फाइनलमा आफ्नै देशका फ्रान्सिस टियाफोलाई ७–६ (२), ६–४-ले पराजित गरे। एलेक्स डी मिनौर र कोरेण्टिन मौटेटले पनि सेमिफाइनलमा स्थान बनाए, जहाँ यी दुईजनाले एकार्काविरुद्ध खेल्नेछन्। डी मिनौरले ब्रेण्डन नाकाशिमालाई ६–४, ६–४-ले अनि मौटेटले २०२१-का यूएस ओपन च्याम्पियन दानिल मेदवेदेवलाई १–६, ६–४, ६–४-ले पराजित गरे।