दार्जीलिङ: अलग राज्य गोर्खाल्याण्ड गठनले मात्र शहीदहरुको साँचो मूल्याङ्कन हुने अलग राज्य समन्वय समिति (एसएससीसी)-ले दावी गरेको छ। आईतबार २७ जुलाईमा पालन गरिने गोर्खाल्याण्ड शहीद दिवसको ठीक एकदिन अघि उक्त अडान राख्दै एसएससीसी-ले पहाडव्यापी पोस्टरिङ गरेको जानकारी छ।

यता दार्जीलिङमा पोस्टरिङ गरेपश्चात समितिका सिद्धान्त राई अनि किरण प्रधानले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, केन्द्र र राज्यको हली-गोठालो हुने क्षेत्रीय दलहरुले शहीदहरुलाई खदा र मालामा सीमित तुल्याएको गम्भीर आरोप लगाएका छन्।