आशारिका फाउण्डेशनद्वारा बिमारीलाई आर्थिक सहयोग प्रदान

IMG-20250726-WA0137

सोनादा: आशारिका फाउण्डेशनले रिम्बिकको माने डाँड़ामा बसोबास गर्ने ५१ वर्षीय रेक्टम क्यान्सर पीडित प्रभात राईलाई दश हजार रुपियाँको आर्थिक सहायता प्रदान गरेको छ। यद्यपि सहयोग रकम फाउण्डेशनमार्फत् हस्तान्तरण गरिएको छ। वास्तविक दात्री जिम्बा हुन्, जो हालै दिवंगत सन्तोष जिम्बा (बंगला डाँड़ा, रंगबुल)- की पत्नी हुन्। जिम्बाले आफ्ना स्वर्गीय पतिको स्मृतिमा यो सहयोग अर्पण गरेकी हुन्। फाउण्डेशनले स्व. सन्तोष जिम्बाको आत्माको चिरशान्तिको कामना गर्दै ईश्वरप्रति कृतज्ञता प्रकट गरेको छ कि उनीहरूलाई एक गम्भीर रोगीको जीवनमा केही राहत दिन प्रयोग गरिएको छ। यस सहयोग कार्यक्रमको अवसरमा आशारिका फाउण्डेशनका अध्यक्ष ऋत्विक तामाङ तथा सचिव रूपेश छेत्री स्वयं अनि आशरिका फाउन्डेसनको शिक्षिकाहरु उपस्थित थिए।फाउण्डेशनले आगामी दिनहरूमा पनि समाजका विपन्न तथा रोगीवर्गप्रति यस्तै प्रकारका सहानुभूतिपूर्ण सहयोग कार्य निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement