भागोप्रमोद्वारा तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरुमा शहीद दिवस पालन गर्ने

IMG-20250726-WA0125

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको आयोजनामा समष्टिको विभिन्न स्थानहरुमा शहीद दिवस समारोह आयोजना गरिने भएको छ। तीनधारे महानदी समष्टिको महानदी, घैयाबारी, तीनधारे र मालुटारमा शहीद दिवस समारोह आयोजना गरिने भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रवक्ता बिपन विश्वकर्मले‌ समष्टिको विभिन्न स्थानहरुमा पालन गरिने शहीद दिवस विषयमा जानकारी गराउँदै समष्टिको तर्फबाट सबैलाई समयमा नै उपस्थित भईदिने अनुरोध पनि गरेका छन्। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय सदस्य रबीन सुब्बा, खरसाङ महकुमा समितिको सदस्य सञ्जीव लामा, तीनधारे महानदी समष्टिको सभापति राजीव थापा, युवा शक्ति तीनधारे महानदी समष्टिको सभापति केवल राई पनि उपस्थित रहेका थिए। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै प्रवक्ता बिपन विश्वकर्मले‌ गोर्खाल्याण्डको लागि साथै जाति र माटोको लागि बलिदान दिने अमर शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्नलाई सबैलाई आफ्नो आफ्नो क्षेत्रमा समयमा नै उपस्थित भईदिने अनुरोध गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement