मिरिक: बुङकुलुङ वस्ती निवासी पवन सुब्बा काष्ठकलामा निपुन छन्। उनले विभिन्न प्रजातिको काठहरूमा सुन्दर सुन्दर नामहरू अङ्कित गर्ने कार्य (वुड कार्विन) कार्यले राम्रो आय आर्जन गर्दै आइरहेका छन्। उनी भन्छन् मैले आजभन्दा सात आठ महिना एउटा बाक्कलमा नेम्बाङ फास्ट फूट नाम अङ्कित भएको वुड कार्बिन बनाएको थिए। उक्त कार्बिन सबैले मन पराएपछि विस्तारै विभिन्न होम स्टे, नर्सरी, स्कूलहरूबाट अर्डर आउन थालेपछि हाल थुप्रै वुड कार्बीनहरू निर्माण गर्न थालेको उनले बताएका छन्।

वर्तमान दिनमा दुईवटा सम्म वुड कार्बिन बनाउने गरेको साथै दुई जना युवाहरूलाई रोजगार समेत दिईरहेको उनले जानकारी गराए। यसका साथै आफूले काठ मिस्त्रीको कार्य पनि गर्दै आइरहेको बताए। उनले युवाहरू हाल रोजगारको निम्ति देशको विभिन्न ठाउँहरूमा पलायन भएर कार्यहरू गरिरहेको तथापि आफ्नै ठाउँमा पनि सवलम्बन बन्न सकिने उनले मन्तव्य पोखे। उनी भन्छन्, सबैले वुड कार्बिनको कार्य नै गर्नु पर्छ भन्ने छैन। तर अन्य कार्यहरू पनि लछप्रै रहेको र आफ्नै ठाउँमा सवलम्बन बन्न सकिने बताए।