१९ सेप्टेम्बरः कसमस सेभेन (लाप्चेटार, रोहिनी)-को तत्त्वावधानमा आयोजित फूलपाती कप नक्आउट मिनी पोस्ट फूटबल टुर्नामेण्टमा सोमवार तीनवटा म्याच खेलियो। रोहिनी, लाप्चेटार खेल मैदानमा जारी यस थ्री ए साइड टुर्नामेण्टअन्तर्गत आज खेलिएको पहिलो म्याचमा खहरे एफसी-ले दुधिया एफसी-लाई ३-२-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा नेशनल पब्लिक स्कूल खप्रेलले डागापुर एफसी-लाई २-१-ले पराजित गऱ्यो। तेस्रो म्याचमा लिजेण्ड एफसी- ले गैरी गाउँलाई ४-३- ले पराजित गर्यो।

टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल म्याच ३० सेप्टेम्बरमा हुनेछ। फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा २५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १५ हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।