नव जागरण च्यालेञ्ज ट्रफीः जंक्शन स्टार सिलगढ़ी र संयुक्त मञ्च विजयी

IMG_20220919_182736.jpg

१९ सेप्टेम्बरः नव जागरण संघ, सिंगबुलीको तत्त्वावधानमा आयोजित नव जागरण च्यालेञ्ज ट्रफी ओपन फूटबल टुर्नामेण्टमा सोमवार दुईवटा म्याच खेलियो। सिंगबुली खेल मैदानमा आज भएको पहिलो म्याचमा जंक्शन स्टार सिलगढ़ीले मञ्जुको टीम आरएमएससी-लाई ३-१-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा संयुक्त मञ्च, मरमाले अदलपुर एफसी-लाई ३-१-ले पराजित गऱ्यो। मंगलवार दुईवटा म्याच खेलिनेछ। पहिलो म्याचमा फूलबारी एफसी र दुधिया एफसी-बीच भिड़न्त हुनेछ। यसरी नै दोस्रो म्याच कुनाल स्पोर्टिंग क्लब, दुधिया र ताराबारी एफसी-बीच खेलिनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा ४६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement