गान्तोक: सशस्त्र सीमा बल (एसएसबी) को सेक्टर मुख्यालय, गान्तोकले आज सरकारी माध्यमिक विद्यालय, मिडल क्याम्प र एसएसबी गान्तोकको मिडल क्याम्प परिसरमा ‘बिरुवारोपन अभियान कार्यक्रम आयोजन गऱ्यो। रूखहरूको संरक्षण र पर्यावरणलाई हरियाली र ताजा बनाउने उद्देश्यले गरिएको अभियानमा सेक्टर गान्तोकका अधिकारी र पदाधिकारीहरूका साथै सरकारी माध्यमिक विद्यालय, मिडल क्याम्पका शिक्षक र विद्यार्थीहरूले भाग लिएका थिए। अभियानको क्रममा सहभागीहरूले ठूलो जोश र उत्साह देखाए। अभियानको एक हिस्साको रूपमा, विभिन्न स्थानीय रूख प्रजातिका ३०० बिरुवा रोपिएका थिए। विद्यार्थीहरूलाई बिरुवाको हेरचाह गर्न पनि प्रेरित गरिएको थियो र भविष्यमा थप बिरुवा रोप्न प्रोत्साहित गरिएको थियो।