मिल्क यूनियनका सल्लाहकार पूर्णहाङ सुब्बाले कार्यभार सम्हाले

IMG-20250725-WA0153

गान्तोक: सिक्किम मिल्क यूनियनका नवनियुक्त सल्लाहकार पुर्णहाङ सुब्बाले आज औपचारिकरूपमा आफ्नो कार्यभार सम्हाले। आफ्नो सम्बोधनमा सल्लाहकार पूर्णहाङ सुब्बाले सरकारले दिएको अवसरलाई कार्यरुपमा उतार्ने बताउँदै कर्मचारीहरूसँग मिलेर ग्वालाहरूको हितमा र मिल्क यूनियनको समृद्धिका लागि समर्पित भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले सहकार्य र समन्वयको महत्वमा जोड दिए। त्यसपछि सल्लाहकार सुब्बाले कार्यालय परिसरमा निर्माण गरिएको नयाँ एएमसीयू कार्यालयको उद्घाटन गरे। यस अवसरमा यूनियनका प्रबन्ध निदेशक डा. टीबी घतानी, अध्यक्ष यमप्रसाद मिश्र, सिकोनका अध्यक्ष डा. मङ्गलजीत राई, सञ्चालक समितिका सदस्यहरू र सम्पूर्ण कार्यालयका अधिकारीहरूले स्वागत जनाए। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले ग्वालाहरूको जीवनस्तर सुधारका लागि सरकारले दुरदर्शी पहल गरेको उल्लेख गरे। सोही प्रकारले प्रबन्ध निर्देशक डा. टीबी घतानीले कार्यक्रममा नवनियुक्त सल्लाहकारलाई सिक्किम मिल्क यूनियनबारेमा जानकारी दिए। उनले यूनियनको कार्यप्रणाली, गतिविधिहरू, र राज्यका दुग्ध उत्पादकहरूलाई दिइएको सहयोगबारे अवगत गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement