कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति फूटबलः जर्जियन युनाइटेड एफसी क्वार्टर फाइनलमा

IMG_20220919_181843.jpg

१९ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा कालेबुङको जर्जियन युनाइटेड एफसी-ले क्वार्टर फाइनलमा स्थान बनायो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको दोस्रो राउण्डको म्याचमा जर्जियन युनाइटेड एफसी-ले शिवमन्दिर युनाइटेडलाई ६-२-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट विवेक थापा र कुञ्जमान थापाले २-२ गोल गरे। यसबाहेक प्रवेश रोय र मारियो सिटलिंगले १-१ गोल गरे। यसरी नै शिवमन्दिर युनाइटेडबाट आकाश रोयले २ गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement