गान्तोक: शहरी विकास विभागीय मन्त्री भोजराज राईले आज मार्तामस्थित ल्याण्डफिलको निरीक्षण गर्दै सञ्चालन स्थितिबारे समीक्षा गरे। विशेष गरेर उक्त स्थानमा फोहोर प्रबन्धन व्यवस्थापन अभ्यासहरूलाई सुदृढ पार्न र पर्यावरणीय सरोकारहरूमाथि पनि मन्त्री राईले जायजा लिए। निरीक्षणको क्रममा मन्त्रीले फोहोर छुट्याउने, कम्पोस्टिङ र साइट मरम्मतिसम्भारमा गरिएका प्रयासहरूबारे जानकारी गराए। उनले उक्त ठाउँमा पर्यारणीय चुनौतीहरू खडा गर्ने विषयमाथि चिन्ता व्यक्त गर्दै शहरी विकास विभाग, गान्तोक नगर निगम र सम्बन्धित कार्यान्वयन एजेन्सीहरूबीचको घनिष्ठ समन्वय मार्फत फोहोर प्रबन्धनमा वैज्ञानिक तकनिकी अप्नाउने निर्देशन दिए। मन्त्री राईले यसको सञ्चालनलाई सुव्यवस्थित गर्न र सुरक्षा सुनिश्चित गर्न सडक, पुल र साइनेज जस्ता आन्तरिक पूर्वाधार सुधार गर्ने आवश्यकतामा जोड दिए। उनले नियमित रुपमा उक्त स्थलको निरीक्षण र प्रगतिबारे समीक्षाको लागि आग्रह गरे।