विधायक सिञ्चुरीद्वारा विद्यालयलाई बास ड्रम्स र बेगपाइप्स हस्तान्तरण

IMG-20250725-WA0155

गान्तोक: सालघारी जूम निर्वाचन क्षेत्रका विधायक एवं यातायात विभागका सल्लाहाकार मदन सिञ्चुरीले पीएमश्री जोरथाङ वरिष्ठ माध्यमिक विद्यालयलाई केटल, बास ड्रम्स र बेगपाइप्स प्रदान गरे। विधायकले उक्त सामग्री विद्यालयकी प्राचार्य निशा राईलाई हस्तान्तरण गरेका हुन्। शिक्षक र विद्यार्थीहरुको उपस्थितिमा प्रदान गरिएको हो। विद्यार्थीहरूसँग अन्तर्क्रिया गर्दै विधायकले विद्यार्थीहरू तथा ब्यान्ड सदस्यहरूसँग सिर्जनात्मक कार्यरको लागि सल्लाह दिए। उनले आफ्नोपनको भावना कायम राख्न र विगतमा आफ्ना वरिष्ठहरूले कमाएको विरासतको संरक्षण गर्ने पनि आग्रह गरे। पीएमश्री जोरथाङ वरिष्ठ माध्यमिक विद्यालयलाई २०१८ मा राष्ट्रिय ब्यान्ड प्रतियोगितामा प्रथम पुरस्कार प्राप्त भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement