खरसाङ: तीनधारेदेखि केही मुनिस्थित दुई नम्बर बस्ती निवासी फुटबल खेलाडी गणेश लिम्बुकी १४ महिना मात्र पुगेकी छोरी नानीलाई आर्थिक सहयोगको आवश्यकता देखिएको छ। फुटबलर पिता गणेश लिम्बु, माता पूजा थापा र बडा हेम सुब्बाकी सानी नानी गिरीसा लिम्बु केवल १ वर्ष ४ महिना पुगेकी छन्। तर सानैमा ब्रेन स्ट्रोक र ब्लड क्यान्सर जस्ता जटिल रोगको कारणले हालमा सिलगढीको एक निजी अस्पतालमा आईसीयुमा उपचार चलिरहेको छ। सानो नानीलाई यसरी जटिल रोग लागेकोले परिवार पक्ष समस्यामा परेका छन्। त्यसर्थ नानीको उपचारको लागि निक्कै खर्च लाग्ने भएकोले नानीलाई सहयोग गरिदिने नानीको बढा हेम सुब्बाले सबैलाई अनुरोध गरेका छन्।

‘एक थुकी सुकी हजार थुकी नदी’ भने झैँ सबैको अलि अलि सहयोगले नानीले नयाँ जीवन पाउने आशा परिवारले साँचेका छन् त्यसर्थ सबैलाई नानीको उपचारको लागि सहयोग गरिदिने निवेदन गरिएको छ।