खरसाङ नगरपालिकामा ३५ बेडको अस्पताल निर्माणको लागि शिलान्यास कार्य सम्पन्न

IMG-20250725-WA0115

खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर १३ मा अरबन पब्लिक हेल्थ सेन्टरको निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको छ‌। खरसाङ नगरपालिका क्षेत्रमा बढिरहेको जनसंख्यालाई ध्यानमा राखेर जनसाधारणको स्वास्थ्य सुविधाको लागि खरसाङ नगरपालिकाकोे तर्फबाट ३५ वटा बेडहरु भएको स्वस्थ्य केन्द्रको शिलान्यास गरिएको छ।‌ उक्त शिलान्यास कार्यक्रममा खरसाङ महकुमा अधिकारी आईएएस बिन्दबासिनी तेजा दिपक, सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, प्रेमेन्द्र गुरूङ लगायत अन्य पदाधिकारीहरु र समाजका प्रतिनिधिहरु उपस्थित भएर शिलान्यास गरिएको छ।

उक्त स्वास्थ्य केन्द्रको निर्माण खर्च ८९ लाख ६० हजार रुपियाँ रहेको बताइएको छ। यसको क्षेत्रफल १५ वर्ग फिट रहेको र यसको निर्माण कार्य एक वर्षभित्रमा पूरा गरिने बताइएको छ।‌ यसको साथै बिहानको समय खरसाङको टिभी सेनिटोरियम क्षेत्रमा पाईखानाको मरमत्ति कार्य पनि शुरु गरिएको छ। यसको लागत खर्च ५ लाख ५० हजार रहेको जानकारी प्राप्त भएको छ। खरसाङको वार्ड नम्बर १३ मा शिलान्यास गरिएको ३५ बेडको स्वास्थ्य केन्द्रको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ नगरपालिकाको‌ चेयरम्यान ब्रिगेन गुरुङले खरसाङ नगरपालिका क्षेत्रमा बढिरहेको जनसंख्यालाई ध्यानमा राखेर नयाँ अस्पताल निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको जानकारी गराएका छन्।

उनले नगरपालिकाले मानिसहरुका स्वास्थ्य विषयमा काम गरिरहेको र यसै विषयलाई ध्यानमा राखेर खरसाङको‌ वार्ड नम्बर १३ मा नयाँ अस्पताल निर्माणको लागि शिलान्यास कार्य सम्पन्न गरिएको बताएका छन्। यस नयाँ अस्पताल भवनमा ३५ वटा बेडहरु हुने र यसले स्थानीयहरुलाई धेरै सुविधा हुने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement