खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तत्वावधानमा यसपाली पनि खरसाङमा शहीद दिवस समारोह सम्पन्न हुने भएको छ। शहीद दिवसको साथमा गत वर्ष झैं यसपाली पनि युवा शक्ति खरसाङ महकुमा समिति र खरसाङ टाउन कमिटीकोे आयोजनामा सम्पन्न हुने भएको छ। यस विषयमा आज खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै युवा शक्ति खरसाङ महकुमा समितिको सभापति एवं शहीद दिवस समारोह समितिको संयोजक प्रेमेन्द्र गुरूङ र युवा शक्ति खरसाङ टाउन कमिटीकोे सभापति बन्धन लामाले विस्तृत रुपमा जानकारी गराएका छन्। दुवैले जानकारी गराए अनुसार यसपाली पनि खरसाङको इगल क्य्राकमा रहेको शहीद वेदीमा बिहान श्रध्दाञ्जली कार्यक्रम हुने र त्यसपछि खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्मान कार्यक्रमको आयोजना गरिने भएको छ। यसको साथै खरसाङमा युवा शक्तिको तर्फबाट गत वर्ष झैं यसपाली पनि शहीद दिवसको दिन नै रक्तदान शिविरको आयोजना गरिने भएको जानकारी गराएका छन्।