गान्तोक: आगामी स्वतन्त्रता दिवसमा प्रदान गरिने श्रवकुमार पुरस्कार छनौट सम्बन्धी अन्तिम चरणको बैठक नाम्ची जिल्लाकी जिल्लापाल अनुपा ताम्लिङको अध्यक्षतामा सम्पन्न भयो। जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको बैठकमा पुरस्कृत व्यक्तिहरूको चयन प्रक्रियालाई अन्तिमरूप दिएको छ। उल्लेखनीय छ, मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका अभिभावकहरुलाई महत्वसितै ध्यान दिने सन्तानलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो। पुरस्कारको व्यवस्थाले छोराछोरीहरूमा आमा बाबाप्रतिको हेरचाहमा गम्भीरता ल्याउने कार्य भएको छ। हाल राज्यका विभिन्न जिल्लाबाट धेरै जना सन्तानको नाम पुरस्कारका निम्ति चयन भएको छ। जिल्लापालले बैठकमा जानकारी गराएअनुसार आगामी १५ अगस्तको दिन पालन गरिने जिल्लास्तरीय स्वतन्त्रता दिवसको अवसरमा श्रवणकुमार पुरस्कारले सम्मानित गरिनेछ।