मन्त्री ढुङ्गेलको नेतृत्वमा सडक किनारमा बिरूवारोपन

IMG-20250724-WA0123

गान्तोक: क्षेत्र विधायक तथा स्वास्थ्य मन्त्री जीटी ढुङ्गेलको नेतृत्वमा आज रानीपुलदेखि स्थानीय पानी हाउससम्म सडक सुन्दरीकरणको निम्ति बिरूवारोपन अभियान शुरू भयो। यस क्रममा मन्त्री ढुङगेलसमेतले सडक किनारमा विभिन्न प्रजातिका फूलका बिरुवाहरू रोपे। अभियानलाई सफल तुल्याउनको निम्ति विभिन्न संघ संस्था तथा व्यक्ति विशेषले आ-आफ्नो तर्फबाट श्रमदान दिइरहेका छन्। यसबीच नवौं दिनको श्रमदान कार्यक्रममा मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङ, ओएसडी कर्मा सुब्बा लगायत अन्य अधिकारीहरूले पनि सहभागिता जनाएका थिए। राज्य सरकारको पर्यावरणमुखी दृष्टिकोणलाई सक्रियता दिँदै सड़क किनारलाई सफा र हरियालीका लागि बिरूवारोपन गरिएको हो। श्रमदानमा भोईस एनजीओका सदस्यहरूको पनि सक्रिय सहभागिता रहेको थियो। सौन्दर्यीकरणमार्फत परिवर्तनलाई सशक्त बनाउन आगामी २६ जुलाईमा सामुहिक बिरूवारोपन अभियानमा सहभागी बन्न आग्रह गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement