गान्तोक: राज्य सरकारको यातायात विभागले आगामी २७ जुलाईको दिन राजधानीस्थित मनन केन्द्रमा सातौं सारथी सम्मान दिवसको तयारी शुरु गरेको छ। कार्यक्रमको तयारीलाई लिएर राज्यस्तरीय चालक मोर्चाका प्रतिनिधिहरूले सक्रियता देखाएको छ। अध्यक्ष कमल तामाङले जानकारी गराएअनसार कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिकारूपमा उपस्थित रहने छन्। यसलगायत राज्यस्तरीय विभिन्न प्रतियोगितालाई सफल पार्न चालक मोर्चाका सदस्यहरु सक्रिय देखिएका छन्।