गान्तोक: जिल्ला आपदा प्रबन्धन प्राधिकरण विभाग र नागरिक सुरक्षा टोलीको संयुक्त पहलमा आज राजधानीस्थित वेस्ट पोइन्ट मलमा अग्नि नियन्त्रणलाई लिएर मोकड्रील आयोजन गरियो। यस अवसरमा आगलागीपछि कसरी मानिसहरूलाई सुरक्षित निकाल्न सकिन्छ सोबारे मोकड्रीलमार्फत अभ्यास गरिएको थियो। मोकड्रीलमा आगो लागेको घटना र त्यसबारेको तयारीबारे मानिसहरूलाई जानकारी गराएका थिए। सुरक्षाबारे मोकड्रीलको माध्यमद्वारा सचेत गराइयो। आगलागीमा घाइतेहरूलाई प्राथमिक उपचार गरेपछि एसटीएनएम र मणिपाल अस्पतालमा पुऱ्याइयो। यस अवसरमा गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारे लगायत पुलिस विभागका वरिष्ठ अधिकारीहरू पनि सामेल थिए।