मुख्यमन्त्री तामाङले लिए गुरुङ रिम्पोछेबाट आशीर्वाद

IMG-20250724-WA0119

गान्तोक: मुख्यमन्त्री प्रेम सिंह तामाङले आज दार्जीलिङमा गुरुङ टुल्कु निमा होइशर रिम्पोछे (गुरुदेव)को दर्शन गरेर आशीर्वाद लिए। मुख्यमन्त्रीले गुरुदेवबाट सिक्किम र सिक्किमवासीको सुख-शान्ति र समृद्धिको आशीर्वाद लिए।
गुरूदेवसँगको आध्यात्मिक भेटघाट बारे सामाजिक सञ्जालमा उल्लेख गर्दै मुख्यमन्त्री तामाङले भनेका छन्, “गुरुङ टुल्कु निमा होइशर रिम्पोछे (गुरुदेव) को दिव्य सामिप्यमा गहिरो आशिर्वाद मिल्यो। यसको साथै मलाई उहाँको स्वास्थ्य र कल्याणको बारेमा सोधपुछ गर्ने सौभाग्य मिल्यो। मैले उहाँको पवित्र आशीर्वादसँगै सिक्किमका जनताको तर्फबाट हार्दिक प्रार्थना गरें।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement