खरसाङ: एनएच ५५ अन्तर्गत तीनधारेदेखि केही मुनि रंगटङ्गमा गएको पैह्रोको कारणले रेलवे सेवा अझैं वाधित बनेको छ। गत १६ सेप्टेम्बरको राती गएको पैह्रोको कारणले एनजेपीदेखि दार्जिलिङसम्मको रेलवे सेवा सुचारु भएको छैन। रंगटङ्गको १२ माइलमा गएको पैह्रोले छोपेको रेलको लिग आज सफा गरिएको भए पनि फेरि उक्त पैह्रौ अझैं धस्केर लिगलाई छोपेको छ। यसको कारणले रेलवे सेवा पुनः सञ्चालन हुनलाई केही दिन अझ लाग्ने सम्भावना देखिएको छ। रेलवे सेवा वाधित बने पनि एनएफ ५५ अन्तर्गत रंगटङ्गको पैह्रोबाट गाड़ीहरू भने सञ्चालन भईरहेको छ। तर पनि यो पैह्रो मरमत्तिके लागि एनएचले टेण्डर गराएर चाँढ़ै मरमत्ति कार्य थाल्ने जानकारी प्राप्त भएको छ।

पैह्रोले छोपेको रेलको लिग हटाउन कार्य गरिरहेका स्थानीय श्रमिकहरूले बताए अनुसार आज पैह्रो सफा गरेर रेलको लिग निकालिएको थियो तर पुन: पैह्रोबाट माटो र ढुंगाहरू आएर छोपेकोले रेलवे सेवा पुनः सञ्चालन हुनलाई केही दिन अझ लाग्ने सम्भावना रहेको बताएका छन्। उनीहरूले पैह्रो गएपछि लगातार रूपमा कार्य गरिरहेको र आज प्राय: जस्तो सबै पैह्रो सफा गरिसकेको भएपनि पैह्रो पुन: धस्केर झरेपछि सफा गर्नु अझ दुई चार दिन लाग्न सक्ने देखिएको बताएका छन्। त्यसरी नै स्थानीय समीर प्रधानले पैह्रो विषयमा बोल्दै यो पैह्रो १६ सेप्टेम्बरको राती गएको र रेलवे सेवा वाधित बनेको तर गाड़ीहरू भने एनएच भएर कुदिरहेकोर अनि एनएचले पनि यस पैह्रोको मरमत्ति कार्य थेल्नलाई टेण्डर गराउने तब मरमत्तिको काम गरिने भएको जानकारी गराएका छन्।