कल्याण राईको न्यायको निम्ति दार्जिलिङमा श्रद्धाञ्जली सभा गरिने

IMG-20250724-WA0100

दार्जिलिङ: कल्याण राईको न्यायको निम्ति कल्याणका सम्पूर्ण साथीहरू एक भएका छन्। कल्याण राई दार्जीलिङ सरकारी महाविद्यालय छ्त्र संसदका एक पूर्व कर्मठ सदस्य थिए। कल्याण राईको हत्यामा विभिन्न राजनैतिक पार्टीमा भएका सम्पूर्ण साथीहरू एक भएर कल्याणको न्यायको निम्ति लागिपरेका छन्। यी साथीहरूले शुक्रबार २५ जुलाईको दिन दार्जीलिङको चौरस्तामा श्रद्धाञ्जली सभा गर्ने भएका छन्। कल्याण राईका साथी राब्गे राईले भने, आज हामी सम्पूर्ण पुरानो छात्र संसदका सदस्यहरू एउटा मञ्चमा आएका छौं। कारण हम्रो साथी कल्याणको सिक्किम राज्यमा जुन हत्या भयो त्यसको हामी घोर विरोध गर्छौं। उनले सबैलाई कल्याणको निम्ति दार्जीलिङको चौरस्तमा मैनबत्ती लिएर आइदिने पनि अपिल गरे। उनले भने, कल्याणको परिवार पक्षसँग बात गर्दा हामीलाई अनौठो लाग्यो र पुलिस प्रशासनले यो घटनामा सजिलो प्रकारले काम गरिरहेको हामीले देख्यौँ। हामी बिन्ती गर्छौ, यस घटनालाई उचित छानबीन गरेर सम्बन्धित दोषीहरूलाई पक्राउ गर्नु पर्ने माग गर्छौं। यसै क्रममा प्रवेश राईले पनि भने, कल्याणको हत्यापछि धेरै हातहरू रहेको हामीलाई शंका लागेको छ। हामी न्यायको निम्ति हर सम्भव लड्ने छौं। उनले मांग गरे, हत्याराको फोटो सार्वजनिक गरोस। उनले भने, सिक्किम पुलिसको प्रेस स्टेटमेन न्यायोचित लागेको छैन। यसैले यसमा पुलिसले उचित छानबीन गरेको हुनुपर्छ। उनले अघि भने, हामी न्याय कसरी मांग्नुपर्छ त्यो पनि जानेका छौं। उनले अझ भने, आज कल्याण राईको पछि सम्पूर्ण साथीहरु एक छन्।
आज कल्याणको हत्याले सम्पूर्ण साथीहरू एक भएका छन् कल्याणका न्यायका निम्ति शुल्रबार २५ जुलाई ४:३० बजे दार्जीलिङको चौरस्तामा श्रद्धाञ्जली स्वरूप मैनबत्ती बाल्ने पनि भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement