दार्जीलिङ: दार्जीलिङ लेबोङ कतवली निवासी कल्यान राईको हत्या एक ७५ वर्षीय वृद्ध मानिसले गरेको हो भन्ने कुरा कलयानका परिवार पक्ष र समाजले सजिलै मान्न सकेका छैनन्। कल्याण राईको हत्या गान्तोकमा गत २२ जुलाईको दिन भएको थियो। हत्यामा एक वृद्ध मानिसले आत्मसमर्पण गरेको छ। आज कल्यानका परिवार पक्ष र समाजले कल्यानको शरीर हेरेपछि वृद्ध मानिस र एक व्यक्तिले हत्या गरेको हो भन्ने कुरा स्वीकार गर्न नसक्ने बताएको छ।
समाजका उप सभापति चन्द्रबहादुर सुन्दासले भने, हाम्रो कल्याणलाई यति सजिलै वृद्ध मानिसले त्यसरी मारेको हो भन्ने हामीलाई विश्वास नै छैन। कल्याणको स्थिति हेर्दा जुन प्रकारले चोट लागेको छ त्यो एकजनाले गरेको भनेर पत्ताउनु सक्नेछैन। उनले भने, कल्याणको सम्पूर्ण ठाँउ नै चोट लागेको छ। उनले सिक्किम पुलिसलाई गुहार लगाउँदै यस घटनाको निष्पक्ष जाँच गरिदिने मांग गरेको छ।