खरसाङलाई शैक्षिक हब बनाउने सपनाको थुप्रै योजनाहरूमा आज मेरो एउटा सपना पूरा भयो: अनित थापा

IMG-20250724-WA0098

खरसाङ: डाउहिल-प्रेसिडेन्सी युनिभर्सिटी, डाउहिल, खरसाङमा अन्तत: प्रेसिडेन्सी युनिभर्सिटीको तेस्रो क्याम्पस सञ्चालनमा आउने प्रक्रिया पूर्ण भएको छ। यस विषयमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले खुशी व्यक्त गर्दै बधाई दिएका छन्।‌ उनले आज शोसल मिडियामा पोस्ट गर्दै भनेका छन्, खरसाङलाई शैक्षिक हब बनाउने सपनाको थुप्रै योजनाहरूमा आज मेरो एउटा सपना पूरा भयो। यस युनिभर्सिटीलाई प्रेसिडेन्सी युनिभर्सिटीको हिमालयन केन्द्र भनेर पनि जानिने छ। उनले शिक्षाको राम्रो हब बनेको खरसाङ आन्दोलन समयपछि पहाडको अन्य ठाउँभन्दा धेर सुनसान बनेपछि आफुहरुले यहाँ केही गर्नुपर्छ भन्ने सोँच राखेर सरकार समक्ष युनिभर्सिटीको माग राखेपछि सरकारले पनि सुनि दिएको र यसको पूर्वाधारको निर्माण भएपछि अब युनिभर्सिटी चाँडै सञ्चालन हुने बताएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement