क्राई गैर सरकारी संस्थाद्वारा रोहिणीमा दसैं उत्सव पालन

IMG-20220919-WA0143.jpg

खरसाङ: क्राई गैर सरकारी संस्था रोहिणीले पूर्व दसैं उत्सव मनाएका छन्।स्वयंसेवी शिक्षिका पूजा कालिकोटे र शिल्पकार मुनु बर्मनको सहयोगमा बालबालिकाले पराल , माटो, बाँस, पाताको धागो र रङ जस्ता जैविक उत्पादनहरू प्रयोग गरेर दुर्गा माताको मूर्ति बनाउन सिकेका थिए। रोहिणी चिया बगानले यस वर्ष पर्यावरण मैत्री (eco friendly) दशैं मनाउने, गरीबलाई सहयोग गर्ने र हाम्रो मातृ प्रकृतिलाई हानी पुर्याउने वस्तुको प्रयोग नगर्न र एकताको साथमा दसैं मनाउने सन्देश दिएका छन्।

चिया बगानका बालबालिकाहरूप्रतिको राम्रो पहलका लागि समाजसेवी जसन्त थापाले सम्पूर्ण एनजीओ टोलीलाई धन्यवाद दिए र आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिनेछन् भनी शुभकामना दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement