राजगञ्ज: बेलाकोवा रेञ्जका कर्मीहरूले तस्करी गर्न अघी नै लाखौँ रुपियाँको बर्मा टिक काठ उद्धार गरिएको छ। यसका साथमा तीन जना तस्करलाई पनि काठसहित पक्राउ गरेको छ। यसरी पक्रा पर्नेहरूमा कमल सिंह, कृपाल सिंह र सञ्जय कुमार रहेका छन्। पक्राउ पर्नेहरुमध्येमा सञ्जय कुमार मध्यप्रदेश निवासी र अन्य दुईजना राजस्थान निवासी हुन्।

गोप्य सूचनाको आधारमा बेलाकोवा रेञ्जर सञ्जय दत्तको नेतृत्वमा सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्ग अन्तर्गत राजगञ्जको करतोया इलाकामा अभियान चलाएर लगभग ४० लाख रुपियाँको बर्मा टीक काठ उद्धार गरेको बताइएको छ। वन विभाग सूत्रले दिएको जानकारी अनुसार सिमेन्टको बोराको आडमा गुवाहाटीबाट उक्त काठ बिहार तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। पक्रा परेका ३ जना तस्करलाई भोलि जलपाईगढी अदालतमा पेश गरिनेछ।