ज्यूरिख: स्पेनले जर्मनीलाई १-०-ले पराजित गरी महिला यूरोपियन फूटबल च्याम्पियनशीप (यूरो २०२५)-को फाइनलमा स्थान बनायो। टुर्नामेण्ट शुरु हुन अघि बिमारीले गर्दा केही दिन अस्पतालमा बिताउने ऐताना बोनमाटीले अतिरिक्त समयमा गरेको गोलले स्पेनलाई यादगार जीत दिलायो। अब आइतवार खेलिने फाइनलमा स्पेनको भिड़न्त ईंग्ल्याण्डसँग हुनेछ। ईंग्ल्याण्डले यसअघि खेलिएको पहिलो सेमिफाइनलमा इटलीलाई २-१-ले पराजित गरेको थियो। स्पेन र जर्मनीबीच खेलिएको दोस्रो सेमिफाइनल म्याच चरम रोमाञ्चक रह्यो अनि दुवै टीमले निर्धारित समयको खेलमा गोल गर्न सकेन। त्यसपछि २ पल्टकी बेलोन डीओर विजेता बोनमाटीले अतिरिक्त समयको ११३औं मिनटमा स्पेनको निम्ति निर्णायक गोल गरिन्। यूरो २०२५-को फाइनल २०२३-मा खेलिएको महिला वर्ल्ड कप फाइनलको पुनरावृत्ति हुनेछ। त्यस समय स्पेनले ईंग्ल्याण्डलाई २-१-ले पराजित गरेको थियो।
स्पेनको जर्मनीविरुद्ध यो पहिलो जीत थियो। उनीहरू पहिलोपल्ट यूरोपियन च्याम्पियनशीपको फाइनलमा पुगेकी छन्। स्पेनले गत 2 सालमा वर्ल्ड कप र नेशन्स कपको खिताब जितेको छ। अहिले उनीहरूसँग खिताबको ह्याट्रिक पूरा गर्ने असल मौका रहेको छ।

यूरो २०२५-को निम्ति बोनमाटीकी तयारीहरू त्यस समय गम्भीर रूपले प्रभावित भएको थियो जब टुर्नामेण्ट शुरु हुन एक हप्ताभन्दा कम्ती समयमा बार्सिलोनाकी मीडफिल्डरलाई भायरल मेनिन्जाइटिसले गर्दा अस्पतालमा भर्ना हुनु परेको थियो। फाइनलमा स्थान बनाएपछि बोनमाटीले भनिन्, म यस खेलमा आफ्नो सर्वश्रेष्ठ स्तरमा पुग्न चाहन्थे अनि म ती सबै मानिसहरू प्रति आभारी छु जसलाई मलाई यस स्तरसम्म पुग्नमा सहायता गरे कारण एक्लै यस्तो गर्नु सम्भव थिएन।