डीसी ओपनमा टेलर फ्रिट्ज र मारिया सकारी विजयी

Screenshot_20250724_125504_FotoCollage Maker

वाशिंगटन: शीर्ष वरीयता प्राप्त टेलर फ्रिट्जले सीधा सेटमा जीत हासिल गरी डीसी ओपन टेनिस टुर्नामेण्टको तेस्रो राउण्डमा स्थान बनाए तर एक सालभन्दा अधिक समयपछि खेलमा फर्किने भीनस विलियम्सले चाहिँ महिला युगलमा हारको सामना गर्नु पऱ्यो। विम्बल्डनको सेमिफाइनलमा पुग्ने फ्रिट्जले अलेक्जेण्डर वुविकलाई सजिलैसँग ६-३, ६-२-ले पराजित गरे। पहिलो राउण्डमा बाई हासिल गर्ने अमेरिकी खेलाड़ी फ्रिट्जले अब तेस्रो राउण्डमा मातेओ अर्नाल्डीको सामना गर्नेछन्, जसले १६औं नम्बरका खेलाड़ी लोरेञ्जो सोनेगोलाई ७-५, ७-५-ले पराजित गरे। यसरी महिला एकल वर्गमा दोस्रो वरीयता प्राप्त एम्मा नवारोलाई मारिया सकारीले ७-५, ७-६ (१)-ले पराजित गरे। यसबीच महिला युगलमा चाहिँ भीनस विलियम् र हेली बैप्टिस्टको जोड़ीले हारको सामना गर्नु पऱ्यो। दोस्रो राउण्डको म्याचमा भीनस र हेलीको जोड़ीले टेलर टाउनसेण्ड र झांग शुआईकी जोड़ीविरुद्ध च्याम्पियन टाईब्रेकरमा ६-४, ३-६, १०-६-ले हारको सामना गर्नु पऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement