बिर्तामोडको एक सुँगुर फर्ममा भारतीय नागरिक मृत

IMG-20250723-WA0145

बिर्तामोड़: झापाको बिर्तामोड नगरपालिका–६ सुभ बिहानी टोलस्थित सरोज लावतीले सञ्चालन गरेको सुँगुर फर्ममा काम गर्ने एक ब्यक्ति मृत फेला परेका छन्।
भारतकाे सिक्किममा घर भएका अन्दाजी ६५ बर्षिय डम्बरबहादुर मगर फर्म भित्रै ओछ्यानमा मृत अवस्थामाबुधबार भेटिएका हुन्। बिहान ६ः३० बजेको समयमा मगर मृत फेला परेका थिए।
मृतकको आफन्तहरु भारतको सिक्किम मै बसोबास रहेको भन्ने बुझिएको हुदा आफन्तहरुमा जानकारी गराउनेतर्फ पहल भइरहेको पुलिस स्रोतले जनाएको छ।
बिहान ८ः४५ बजे सम्पूर्ण कानुनी प्रकृया पुरा गरी लास पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। घटनाको बिषयमा इलाका पुलिस कार्यालय बिर्तामोडबाट थप अनुसन्धान भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement