चौथो टेस्टको पहिलो दिन भारतको ४ विकेटमा २६४ रन

IMG-20250723-WA0164

म्यानचेष्टर: भारतले ईंग्ल्याण्डविरुद्ध ५ वटा टेस्ट म्याचको सीरीजअन्तर्गत बुधवारदेखि शुरु चौथो टेस्ट म्याचमा असल शुरुवात गऱ्यो। भारतले पहिलो दिनको खेल समाप्त हुँदासम्म आफ्नो पहिलो ईनिंग्समा ४ विकेट गुमाएर २६४ रन बनायो। खराब प्रकाशले गर्दा चाँड़ै खेल समाप्त हुँदासम्म शार्दुल ठाकुर र रविन्द्र जडेजा १९–१९ रनमा अविजित थिए। यी दुईजनाले पाँचौं विकेटको निम्ति २९ रनको अटूट पार्टनरशीप गरिसकेका छन्।
आज पहिलो दिनको खेलमा भारतको निम्ति ओपनर यशस्वी जयसवाल र साई सुदर्शनले अर्द्धशतक बनाए। यसरी असल फर्ममा खेलिरहेका रिषभ पन्त ३७ रन बनाएर रिटार्ड हर्ट भए। ईंग्ल्याण्डको निम्ति कप्तान बेन स्टोक्सले सर्वाधिक २ विकेट लिए। भारतका कप्तान शुभमन गिलले टस हार्दा आज भारतले ओल्ड ट्रेफर्ड मैदानमा पहिला ब्याटिंग गर्नु पऱ्यो। भारतलाई जयसवाल र केएल राहुलले मिलेर असल शुरुवात दिलाए। यी दुईजनाले पहिलो विकेटको निम्ति ९४ रनको पार्टनरशीप गरे। राहुल ४ वटा चौकाको साथ ९८ बलमा ४६ रन बनाएर आउट भए। यसरी जयसवालले १०७ बलमा १० वटा चौका र एउटा छक्काको साथ ५८ रन बनाए।
दुवै ओपनर आउट भएपछि पन्तले भारतको निम्ति लड़ाइँ जारी राखे जबकि कप्तान शुभमन गिल १२ रन बनाएर आउट भए। पन्त चोटले गर्दा मैदान छोड़्न वाध्य भए। उनले ४८ बल खेलेर २ वटा चौका र एउटा छक्का लगाए। पन्त र सुदर्शनले तेस्रो विकेटको निम्ति ७२ रन जोड़े। सुदर्शनले १५१ बल खेलेर ७ वटा चौकाको साथ ६१ रन बनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement