गान्तोक: शहरी विबाक विभाग मन्त्री भोजराज राईले आज पर्वतोररोही असल राईको घरमा पुगेर श्रद्धाजली अर्पण गरे। लोवर चेम्चे निवासी पर्वतरोही राईको गत १५ जुलाईको दिन लदाखको पर्वत आरोहण क्रममा मृत्यु भएको थियो। उनले यस भन्दा अघि धेरै वटा पर्वत सफतलापूर्वक आरोहण गरिसकेका थिए। तर उक्त पर्वत चढने क्रममा केही कारणवश उनी असफल बने जसको कारणको उनले अन्तिम श्वास लिए। यस अवसरमा मन्त्री राईको साथमा पोकलोक कामराङकी पूर्व पञ्चायत अध्यक्ष ज्योति राई लगायत अन्यहरू पनि सामेल रहेका थिए।