गान्तोक: भारत सरकारको राष्ट्रिय साङ्ख्यिकी कार्यालयले राष्ट्रिय नमूना सर्वेक्षणको ७५औँ वार्षिकोत्सव मनाइरहेको छ। यस उत्सव मनाउन निर्धारित गतिविधिहरूको एक भागको रूपमा, राष्ट्रिय साङ्ख्यिकी कार्यालय, एफओडी, क्षेत्रीय कार्यालय, गान्तोकले आज पाकिम जिल्लाको रिनाक ग्राम प्रशासनिक केन्द्रमा सामुदायिक चर्चा आयोजन गरेको थियो। रिनाक जीपीयूकी सभापति निर्मला कालिकोटे, उपाध्यक्ष मेनुका प्रधान र पञ्चायत सदस्यहरू कार्यक्रममा अतिथिका रूपमा उपस्थित थिए। एनएसओ, आरओ गान्तोकका सहायक निर्देशक डीआर शर्माले सहभागीहरूलाई स्वागत जनाउनुका साथै मन्त्रालयका गतिविधि र एनएसओद्वारा गरिएका सर्वेक्षणहरूको महत्त्वको संक्षिप्त विवरण दिए। उनले एनएसएसद्वारा गरिएका विभिन्न सर्वेक्षणहरूको महत्त्व र नयाँ सरकारी नीति र कार्यक्रमहरूको निर्माणका साथ साथै विद्यमान नीति र कार्यक्रमहरूलाई संशोधन र स्तरोन्नति गर्न कसरी प्रयोग गरिन्छ भन्ने कुरामा प्रकाश पारे। उनले जनता र पञ्चायतलाई एनएसएस अधिकारीहरूले आफ्नो क्षेत्रमा सर्वेक्षण गर्दा सहयोग गर्न आग्रह गरे। वरिष्ठ साङ्ख्यिकी अधिकारी तेञ्जिन छोडेनले एनएसओद्वारा गरिएका नमूना सर्वेक्षणहरूको बारेमा बताइन्। जसमा आवधिक श्रम शक्ति सर्वेक्षण, -एएसयूएसई, एएसआई, स्वास्थ्यमा सामाजिक-आर्थिक सर्वेक्षण, घरेलु पर्यटन व्यय सर्वेक्षण, राष्ट्रिय घरेलु यात्रा सर्वेक्षण र मूल्य सूचकाङ्कको तयारीको लागि विभिन्न बजार र औद्योगिक एकाइहरूबाट मूल्य सङ्कलन सामेल छन्। वरिष्ठ साङ्ख्यिकी अधिकारी तुबाई दत्तले मन्त्रालयको सङ्गठनात्मक ढाँचा, विभिन्न प्रभागहरूको भूमिका र कार्य तथा डेटा सङ्कलनको महत्त्वबारेमा बताए। सहभागीहरूलाई सङ्गठनमा उपलब्ध विभिन्न श्रेणीका पदहरू, भर्तीको तरिका, यी पदहरूमा भर्तीको लागि आवश्यक योग्यता र करियर प्रगतिबारेमा जानकारी गराइएको थियो। सबै पञ्चायत सदस्यहरू र रिनाक जीपीयूका सहायक निर्देशक मधुसूदन शर्माले आफ्नो ग्राम पञ्चायतमा यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा कृतज्ञता व्यक्त गरे र एनएसएस अधिकारीहरू साङ्ख्यिकी सङ्कलनका लागि आउँदा सहयोग गर्ने आश्वासन दिए।