‘क्याप’ को ‘नागरिक सुरक्षा दल’ देशविरोधी सोचः एसकेएम

IMG-20250723-WA0158

गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले सिटिजन एक्सन पार्टीद्वारा खुलेआम घोषित समानान्तर बल “नागरिक सुरक्षा दल” बनाउने प्रस्तावमाथि आलोचना गर्दै यसलाई असंवैधानिक मात्र नभेर सिक्किमका कानून र लोकतान्त्रिक प्रणालीको पवित्रतामाथि प्रत्यक्ष आक्रमण भनी ठहर गरेको छ। पार्टी प्रवक्ता कविता सापकोटाले आज एक प्रेस बयान जारी गर्दै कुनै पनि व्यक्ति, समूह वा पार्टी कानून र भारतको संविधानभन्दा माथि हुन नसक्ने बताउँदै राज्य पुलिस बराबरको निजी सशस्त्र समूह बनाउने कल्पना शान्ति र सुरक्षा दुवैका लागि खतरा बताएकी छन्। उनले उल्लेख गरेअनुसार भारतमा पुलिसको संरचना र जिम्मेवारीको कानुनी आधार पुलिस एक्ट १८६१ ले परिभाषित गरेको छ, जसले पुलिसको अधिकार, कर्तव्य र काम गर्ने तरिकालाई स्पष्ट गरेको छ। प्रवक्ता सापकोटाले भारतको संविधानको सूचीअन्तर्गत पुलिसको जिम्मेवारी र सञ्चालन राज्य सरकारको अधिकारमा पर्छ र यो संविधान र कानुनी सीमाभित्रै रहनुपर्ने बताइन्। पुलिस संविधान र कानूनको आधारमा स्थापित एक मात्र आधिकारिक सुरक्षा संयन्त्र हो भन्दै उनले कुनै पनि निजी संगठनले सिक्किम पुलिसको बराबरमा काम गर्ने अर्को बल गठन गर्नु सिधा राज्यको शान्ति र सुरक्षा विरुद्धको चुनौती रहेको बताइन्। उनले सिटिजन एक्सन पार्टी देश, कानून र सुरक्षाभन्दा माथि हुन नसक्ने प्रतिक्रिया दिइन्। यस्ता दाबी मूर्खतापूर्ण मात्र होइनन्, देशविरोधी सोचको परिचायक पनि हुन्, प्रवक्ता सापकोटाले भनिन्। यस्ता अविवेकी घोषणाहरू गरेर नाङ्गो नाटक र प्रचारमा क्यापले खर्च गरिरहेको आरोप लगाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement