एमजी मार्गमा सिक्किम टाइम क्याप्सुल २०२५-७५ को प्रतिकृति स्थापित

IMG-20250723-WA0157

गान्तोक: सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागले आज एक कार्यक्रमबीच गान्तोकको एमजी मार्गमा सिक्किम टाइम क्याप्सुल २०२५-२०७५ को प्रतिकृतिको स्थापना गरेको छ। यसले प्रतीकात्मक रूपमा वास्तविक टाइम क्याप्सुलको सामग्रीलाई प्रतिनिधित्व गर्दै आगामी ५० वर्षको लागि सिल गरी संरक्षित गरिने योजना बनाएको छ। यसलाई २०७५ मा पुनः खोलिनेछ। उक्त समय सिक्किमले भारतको पूर्ण राज्यको रूपमा आफ्नो शताब्दी वर्ष मनाउनेछ। टाइम क्याप्सुलले भावी पुस्ताहरूको लागि सांस्कृतिक र ऐतिहासिक पुलको रूपमा काम गर्ने लक्ष्य राखेको छ। डिस्प्लेमा क्यूआर कोड पनि राखिएको छ जसले वास्तविक टाइम क्याप्सुल, यसको उद्देश्य, महत्व, र यसमा समावेश हुने कलाकृतिहरू वा सन्देशहरूबारेमा विस्तृत जानकारी प्रदान गर्नेछ। यो पहल १९७५ मा सिक्किमले राज्यको दर्जा प्राप्त गरेदेखि राज्यको प्रगतिशील यात्राको पाँच दशकको उपलक्ष्यमा बृहत् सिक्किम@५० उत्सवको एक हिस्सा हो। सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागले जनतालाई प्रतिकृति अवलोकन गर्न कोड स्क्यान गर्ने अपील गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement