पेस बलर कम्बोजद्वारा टेस्ट क्रिकेटमा पदार्पण

IMG-20250723-WA0150

म्यानचेष्टर: भारतका युवा पेस बलर अंशुल कम्बोजले टेस्ट पदार्पण गरे। भारत र ईंग्ल्याण्डबीच पाँचवटा टेस्ट म्याचको सीरीजअन्तर्गत चौथो टेस्ट म्याच बुधवारदेखि म्यानचेष्टरको ओल्ड ट्रेफर्डमा शुरु भयो। भारतीय टीममा तीनवटा बद्लाउ देखियो। करुण नायर, नीतीश रेड्डी र आकाश दीपको स्थानमा साई सुदर्शन, अंशुल कम्बोज र शार्दुल ठाकुरलाई अन्तिम एकादशमा स्थान दिइयो। गत तीनवटा टेस्ट म्याचको खराब प्रदर्शनले गर्दा नायरलाई अन्तिम एकादशबाट बाहिर गरियो। यसरी रेड्डी चोटले गर्दा पूरा सीरीज अनि आकाश दीप चौथो टेस्टबाट बाहिर भएका छन्। भारतीय कप्तान शुभमन गिलले सीरीजमा लगातार चौथोपल्ट टस हारे। उल्लेखनीय छ, आकाश दीप र रेड्डीलाई चोट लाग्दा कम्बोजलाई कवरको रूपमा भारतीय टीममा सामेल गरिएको थियो। कम्बोज दाहिने हातका पेस बलिंग अलराउण्डर हुन्। घरेलु क्रिकेटमा हरियाणाको प्रतिनिधित्व गर्ने कम्बोजले आईपीएलमा खेलिसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement